कोरोना भाईरसको कारणले आम नागरिकको दैनिक जीवनयापन तथा अर्थतन्त्रमा परेको चरम असर र यस असरलाई न्यूनिकरण गर्ने उपयूक्त तरिका के हुन सक्छ भन्ने बारेमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपालका ख्यातीप्राप्त विज्ञ सम्मिलीत टोलीको सहभागीतामा एक अध्ययन गर्न लागेको जानकारी गराउन चाहन्छौँ । उक्त अध्ययनको प्रमुख उद्देश्य आम नागरिकले भोगीरहेका वास्तविक समस्यालाई बुझेर त्यसलाई संबोधन गर्नु हो । लकडाउनले कहाँ कहाँ कस्ता कस्ता समस्या परेका छन् ? राहत सामग्री वितरणको अवस्था कस्तो छ ? राहत प्याकेज कस्तो हुनु पर्दछ र यसको वितरण प्रभावकारी बनाउन के गर्नु पर्दछ ? सरकारले गरेका काम कारवाहीको अवस्था कस्तो छ ? कोरोनाले नेपालमा अल्पकाल र दीर्घकालमा के कस्तो असर पार्ने छ ? यसबाट प्रभावित व्यक्ति तथा क्षेत्रलाई के कस्ता राहत प्याकेज प्रदान गरिनु पर्ला? दीर्घकालमा अर्थतन्त्र चलायमान बनाउन के कस्ता कार्यक्रम ल्याउनु पर्ला ? जस्ता कुराहरुमा आम नागरिकको विचार बझ्ने उद्देश्यले यो प्रश्नावली तयार गरिएको छ ।

यहाँहरुको सहभागीताले यो अध्ययन अझ वढि यथार्थ परक र वास्तविक हुनेछ ।

तपाईंले चाहे जती प्रश्नकोमात्र उत्तर दिन सक्नु हुनेछ । सबै प्रश्नको उत्तर दिनु पर्ने बाद्यता छैन । प्रतिवेदनमा यहाँहरुको नाम उल्लेख गरिने छैन र तपाईको उत्तर र परिचय गोप्य राखिने छ (तपाईले चाहेको खण्डमा तपाईंको नाम उल्लेख गराउन सकिने)। यदि तपाईंलाई यो अध्ययनको बारेमा अन्य कुनै कुरा बुझ्नु परेमा वा तपाईंको सल्लाह र सुझाव फोन वा इमेल मार्फत दिन मन लागेमा तलको फोन वा इमेलमा संपर्क गर्न सक्नु हुनेछ ।

संपर्क

  • १. नविन्द्रराज जोशी इमेल: [email protected] फोन: ९८५१०३२०९७
  • २. दधि अधिकारी इमेल: [email protected] फोनः ९८६३३२९०४०

अध्ययन समिति


श्री पृथ्वीराज लिगल
भू.पू. उपाध्यक्ष–राष्ट्रिय योजना आयोग
डा. जगदिश चन्द्र पोख्रेल
भू.पू. उपाध्यक्ष–राष्ट्रिय योजना आयोग
प्रा. डा. गोविन्द राज पोख्रेल
भू.पू. उपाध्यक्ष–राष्ट्रिय योजना आयोग
डा. स्वर्णिम वाग्ले
भू.पू. उपाध्यक्ष–राष्ट्रिय योजना आयोग
प्रा. डा. पुष्कर बज्राचार्य
भू.पू. सदस्य–राष्ट्रिय योजना आयोग
डा. अरविन्द मिश्र
भू.पू. सदस्य–राष्ट्रिय योजना आयोग
प्रा. डा. कुशुम शाक्य
त्रिभुवन विश्व विद्यालय
डा. दधि अधिकारी
सदस्य, गणेशमान सिंह अध्ययन प्रतिष्ठान
श्री महेन्द्र यादव
बरिष्ठ उपाध्यक्ष, नेपाल ट्रेड यूनियन काँग्रेस
श्रीमती वसन्ती आचार्य
उपप्राध्यापक, भक्तपुर बहुमुखी क्याम्पस

फारम